GORKHAKI CHHORI

Seller Nepalaya

US$ 3.18

US$ 2.86

10% off

Description

अन्तर्राष्ट्रिय बजारमा चर्चित “द गोर्खाज डटर” को अनुवाद

एउटी कुरुप घरेलु कामदार नेपाल छाडेर भाग्ने तरदरमा छे....
कालेबुङको मुसलमान साहुजीले के गर्ने, के नगर्ने भन्ने भेउ पाउन सकेको छैन....
दार्जिलिङको एउटा हिन्दु परिवारमा चाडबाडसँगै चिन्ता भित्रिएको छ....
एउटी भुटानी शरणार्थीको एक मात्र भरोसा अब पश्चिमा संसार भएको छ...
लाहुरे परिवारकी एउटी छोरी बाबुका परिमर्का बुझ्ने कोशिशमा छे...
नेपाली भाषाले जोडिएको दुर्इ तन्नेरी न्युयोर्कको जिन्दगीलाई सहज बनाउन खोन्दै छन्.....

नेपाली जाति र छरिएको नेपाली समाजलाई रोचक शैलीमा वर्णन गर्ने यी केही यस्ता प्रतिनिधि कथा हुन्, जसले भुटान, भारत वा अन्यत्र बसोबास गरेका त्यस्ता बेथ्लाबेग्लै पात्रहरुको भोगाई उतार्छन्, जसको भाषा र संस्कृति उही नेपाली हो ।

एउटा ठेट संसार र त्यसमा बाँचेका खाँट्टी मानिसहरुको चित्र तयार पार्ने क्रममा प्रज्वल पराजुलीले प्रत्येक पाना अनि प्रत्येक सर्न्दभमा त्यस्ता तस्वीरहरुको रहस्योद्घाटन गरेका छन्, जसमा रङ्गहरुको विविधता अनि रैथानेपनको चित्ताकर्षक सम्मिश्रण पाइन्छ ।

'ताजा, सिर्जनशिल, विचारप्रधान....गज्जब’ -द गार्डियन

'दक्षिण एशियाली आख्यानमा नयाँ सम्भावना’ -बीबीसी

'एउटा कृति जसले साहित्यिक संसारमा तरङ्ग ल्याउँदैछ’ -दी एटलान्टिक

लेखकको बारेमा
प्रज्वल पराजुली
अक्सफोर्ड विश्वविद्यालय पढेका र बेलायती प्रकाशकबाट आकर्षक पेस्की पाएर चम्केका गान्तोकका तन्नेरी लेखक हुन् । उनको यो पहिलो आख्यान धेरै देशबाट प्रकाशन भइरहेको छ । उनलाई पश्चिमा विश्लेषकहरुले दक्षिण एशियाका नयाँ साहित्यिक तारा भन्न थालिसकेका छन् ।


This item weighs 0.32 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).