KOLAHAL BHITRAKO SAHAR

Seller Muncha

US$ 1.06

US$ 0.95

10% off

Description

KOLAHAL BHITRAKO SAHAR
बरु मलाई यही ठाउँ ठिक लाग्छ । सहरदेखि टाढा, अग्लो डाँडाको डिही । आहा ! प्रकृतिको सुन्दर मनमोहक छटाले भरिएका दृश्यहरु । म चोरीऔँलाले पर उत्तरपटि्ट देखाउँछु फिस्स हाँस्छु । बात मार्न थाल्दछु सगरमाथाका फुच्चे हिमालहरुसँग । सगरमाथा अभिभावक बनेर- माछापुच्छे्र, जुगल, लोत्से, लाङटाङ, गौरीशंकर, धौलागिरि । कञ्चन मा भएका । भाइचाराको सभा बसेजस्तो । मौन, चुपचाप, ध्यानमग्न योगी बाबा जस्तो । समयलाई बुझेर अटल विश्वास बोकेजस्तो । अभद्र होइन, भद्र नेपनली युवकजस्तो ।

मलाई उडूँ-उडूँ लाग्छ । उडेर ठाउँ पुगुँ-पुगुँ लाग्छ । तर अफशोच न म उड्न सक्छु, यी कुँजिएका हातहरु रिस उठेर आउँछ, भाँचिदिउँ जस्तो लाग्छ । यी बेअर्थका खुट्टाहरु 'बथ्याहा’ शरीरलाई हिँडाउन नसकेर काटिदिउँ जस्तो लाग्छ । तर म न यी हातहरु भाँच्न सक्छु । बेअर्थका यी खुट्टाहरु काट्न नै सक्छु । यिनै अर्थहीन अस्तित्वहरुले नै मेरो अस्तित्व जोगाइरहेछ । मान्छेको संज्ञा लिएर भर्तीमाथि हिँडाइरहेछ । अहो ! मैले 'गर्व’ गर्नुपर्छ मलाई एक थप्पड हिर्काउँदै भाग्यो । म झसङ्ग झस्किएँ । पछाडि फर्किएँ । किर्तिपुरको डाँडोलाई ओझेलमा पारिसकेछ सूर्यले थानकोटको नागबेली बाटोसँगसँगै रात्रि सेवाका बसहरु गुडेझैँ सूर्य पनि ओह्रालो ओर्लँदै रहेछ ।

लेखकः रघुराम न्यौपाने
प्रकाशकः शब्दहार क्रियशन
वितरकः श. क्रि.

This item weighs 0.05 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).