SUMMER LOVE & SAYA

Seller Muncha

US$ 4.87

US$ 4.39

10% off

Description

SUMMER LOVE & SAYA

समर लभ

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स (सिडिइएस), कीर्तिपुर । इन्ट्रान्सको रिजल्ट हेर्न सिडिइएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम— साया । देखेको सायालाई होइन, नामलाई । नामैले छटपटाएको ऊ सायालाई देख्दा पानीपानी हुन्छ— उसका क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरू हुन्छ उनीहरूको दुईवर्षे कलेज रोमान्स ।
बिस्तारै रोमान्स प्रेममा परिणत हुन्छ तर के उनीहरूको प्रेम सफल हुन्छ ?
तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरूका रमाइलो कथा हो समर लभ । यो पुस्तक पढ्दा पटक्कै झिँजो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुतकुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ ।

साया

समर लभमा केही कुरा थिए जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतुहल र जिज्ञास बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे । र, उत्तरले सिक्वेल ।

समर लभमा मुकझैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन् । र, पटाक्षेप हुन्छ प्रेमका विविध रङ्गहरू । मनोविज्ञान, व्यङ्ग्य र भावुकता भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैंलाई पाउनेछन् ।

लेखकः सुबिन भट्टर्राई

This item weighs 0.28 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).