KHUSI

Seller Muncha

US$ 4.22

US$ 3.80

10% off

Description

KHUSI

ठ्याक्कै परिभाषित गर्न सकिन्न । आत्मकथा, संस्मरण र निबन्धको बीचैबीच यसरी बग्छ, खुसी । मानौं, कुनै पहाडी खोला मैदान हुँदै समुद्रमा विलीन भएको प्रक्रिया हो । संस्मरण भनेको आत्मरतिको पुलिन्दा मात्र होइन भन्ने लेखकले पुस्तकको सुरुआत नै आफ्नो अत्यधिक मदिरापानको लतबाट गरेका छन् । यो पुस्तकमा राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरू मात्र छैनन् । साधारण ठानिएका असाधारण पात्र पनि छन् । पैसा, शक्ति र यौनको दुनियालाई लेखकले यसरी केलाएका छन्, पढ्नेहरू छक्क पर्न सक्छन् । घरघरमा हुने अभिभावक–सन्तान तनाव पृष्ठभूमिमा लेखिएका अंश पढेर धेरैका आँखा रसाउनेछन् । कतै पाठक मुस्कुराउनेछन् । चमकदार गद्य र तिक्खर सूक्तिले भरिपूर्ण यो पुस्तक विजय कुमारको जीवन चियाउने एउटा आँखीझ्याल पनि हो । यसमा अध्यात्म छुट्ने कुरै भएन । पढेपछि सजिलै बिर्सन नसकिने खालको पुस्तक हो यो । आखिर जीवनमा खुसीको खोज कसलाई पो नहोला र !
विजय कुमार बहुचर्चित टेलिभिजन कार्यक्रम ‘दिशानिर्देश’का प्रस्तोता हुन् । नेपाल साप्ताहिकका संस्थापक सम्पादक रहेका उनी स्तम्भकार पनि हुन् ।

Author: Vijay Kumar Panday
No. Of Pages: 332

This item weighs 0.19 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).